Sbs Nepali -

‘देख्या छु, नजिकै गाको छु, हावा खाको छु तर चढेको छैन’: अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२५

Informações:

Sinopse

सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखरमा पहीलोपटक पाइला टेकेको दिनको सम्झनामा हरेक वर्ष मे २९ का दिन, इन्टरनेशनल एभरेस्ट डे, भनेर सगरमाथा दिवस मनाउने चलन छ। यसै क्रममा गत सप्ताह अस्ट्रेलियामा रहेका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घको (फेन्का) आयोजनामा अस्ट्रेलियाका सबैजसो राज्य तथा प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू गरिएका थिए। शनिवार, ३१ मेमा न्यु साउथ वेल्सको सिड्नीमा भएको फेन्काको यस्तै एक कार्यक्रममा नेपाली सङ्घ संस्थाका विभिन्न प्रतिनिधीसँगै अस्ट्रेलियन राजनीतिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो। एक रिपोर्ट।